बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

Share:
507

गाजा, असार २२ । गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग आइतबार वार्ता गर्न इजरायलले आफ्नो प्रतिनिधि मण्डल कतार पठाउने भएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो कार्यालयमा प्रस्ताव आइसकेको बताए। नेतान्याहुले सुरुवातमा मध्यस्थता गरेका अमेरिका, इजिप्ट र कतारले राखेको प्रस्तावमा हमासले गर्न चाहेमा परिवर्तन भने स्वीकार्य नहुने बताएका छन्।

शुक्रबार राति हमासले ६० दिने युद्ध विरामको प्रस्तावमा सकारात्मक भएको तथा वार्ताका लागि पनि तयार भएको जानकारी दिएको थियो।

वार्ताको पहल भइरहे पनि गाजामा इजरायलले आक्रमण छाडेको छैन। शनिबार भएको आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको ज्यान गएको छ।

मवासीमा रहेको पालमा विस्फोट हुँदा एक चिकित्सक र उनका तीन सन्तानको साथमा ७ जनाको ज्यान गएको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।