बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

Share:
449

टेक्सास, असार २२ । अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ। अहिलेसम्म १५ बालबालिकासहित कम्तिमा ४३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आउँदा धेरै जसो निदाइ रहेका थिए। सो नदीमा पानीको सतह बढेर आधा घण्टामा नै आठ मिटर बढेको हो।

क्रिस्चियन यूथ क्याम्पमा रहेका २७ जना विद्यार्थी अझै हराइरहेका छन्। अहिलेसम्म ८५० जनाको उद्धार भइसकेको छ। मौसम पूर्वानुमान अनुसार त्यस स्थानमा अझ धेरै पानी पर्न सक्ने छ।

धेरै असर ‘मोबाइल’ घर, क्याम्पिङ साइट तथा समर क्याम्पमा भएको थियो। चार जुलाईका दिन त्यहाँ बिदा मनाउन धेरै जना जाने गरेका थिए। शनिबार टेक्सासमा गभर्नर ग्रेट अबोटले अहिले खोजी कार्य युद्ध स्तरमा भइरहेको जानकारी दिएका छन्।

टेक्सासका अधिकारीले दिएको जानकारी अनुसार हराएका २७ जनामा धेरै जसो १२ वर्ष मुनिका बालबालिका थिए। कतिपय अभिभावकले आफ्नो बच्चा मृत अवस्थामा फेला परेको बताइ सकेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपद्को समयमा सङ्घीय सरकारले स्थानीय सरकारसँग मिलेर उद्धार कार्यमा सक्रिय रहेको बताएका छन्। यस सातामा केन्द्रीय टेक्सासमा अझ ठुलो पानी पर्ने मौसम पूर्वानुमान छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।