आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

श्रीलंकासँग कहिल्यै नहारेको नेपाल

Share:
426

असार १८ । पहिलो खेलमै लाओसमाथि सानदार प्रदर्शन गर्दै एएफसी महिला एसियन कप छनोट अस्ट्रेलिया २०२६ मा आशाजनक सुरुआत गरेको नेपालले बुधबार श्रीलंकासँग खेल्दैछ।

खेल साँझ ६:१५ बजे सुरु हुनेछ। चौथोपल्ट एसियन कप खेल्ने लक्ष्य बोकेर उज्बेकिस्तान पुगेको नेपाली टोलीले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले ४ गोल गरेकी थिइन्। योसँगै उनको अन्तर्राष्ट्रिय गोलसंख्या ६२ पुगेको छ।

श्रीलंकाले भने घरेलु टोलीसँग १०–० को फराकिलो हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन्। ती सबै खेलमा नेपालले पराजय बेहोर्न परेको छैन।

नेपालले श्रीलंकामाथि ३० गोल गरेको छ। तर, अहिलेसम्म कुनै गोल खान परेको छैन। त्यसैले समूह एफमा उज्बेकिस्तान १ गोलले पछाडि परेको नेपाललाई श्रीलंकामाथि गोल वर्षाउँदै अगाडि बढ्ने मौका छ।

उज्बेकिस्तानले बुधबार नै लाओससँग खेल्नेछ। यी दुई खेलले शीर्ष स्थानमा रहने र पुग्ने टोलीको टुंगो लगाउने छ। त्यसपछि उज्बेकिस्तान र नेपालबीच हुने खेलले अस्ट्रेलिया जाने टोलीको निर्णय लगाउनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।