बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

Share:
182

वाशिङ्टन, असार १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्ध विरामका लागि तयार भएको बताएका छन्। उनले इजरायलले गाजामा युद्ध विरामका लागि गरेको प्रस्ताव स्वीकार गरेको बताएका हुन्।

राष्ट्रपति ट्रम्पले गाजामा हुने ६० दिने युद्ध विरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्।

उनको पोस्टमा कतार र इजिप्टले युद्ध विरामका लागि धेरै प्रयास गरेकाले पूर्ण शान्तिका लागि धेरै मिहिनेत गर्नु परेको उल्लेख गरेका छन्।

ट्रम्पले हमासले अझ धेरै खराब अवस्था आउन नदिनका लागि यसलाई स्वीकार गर्ने विश्वास लिएका छन्।

अहिलेसम्म युद्धको विरामका शर्त तथा हमासको प्रतिक्रिया सार्वजनिक भएको छैन। मंगलबार नै ट्रम्पले गाजामा नेतान्याहुले आक्रमण बन्द गर्ने अपेक्षा गरेका छन्। उनले अर्को साता नेतान्याहुले वार्ताको चाहना राख्ने बताए।

नेतान्याहुले उत्तरी गाज खाली गर्न निर्देशन गरेको लगत्तै ट्रम्पको यो पोस्ट सार्वजनिक भएको हो। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।