शनि, जेष्ठ १६, २०८३
Search
शनि, जेष्ठ १६, २०८३

भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन

Share:
317

काठमाडौं, असार १० । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार, समितिमा गृह मन्त्रालय, श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। समितिलाई एक महिनाभित्र (३० दिन) आफ्नो प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

पछिल्ला केही वर्षदेखि भिजिट भिसाको दुरुपयोग गरी ठूलो संख्यामा नेपालीहरूलाई श्रम गन्तव्य मुलुकहरूमा पुर्‍याउने र अलपत्र पार्ने गरेको गुनासो व्यापक रूपमा उठ्दै आएको छ।

विशेषगरी खाडी मुलुक र मलेसियामा भिजिट भिसामा गएका धेरै नेपालीहरू अवैध रूपमा बस्न बाध्य भएका र विभिन्न किसिमका समस्या तथा शोषणमा परेका घटनाहरू सार्वजनिक भइरहेका छन्।

यस विषयलाई लिएर संसदमा प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत अन्य दलहरूले समेत सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामाको मागसमेत उठ्दै आएको थियो।

संसद्मा बजेटमाथिको छलफल चलिरहेका बेला पनि विपक्षी दलहरूको अवरोधले सदनको कामकारबाही प्रभावित भएको थियो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।