बुध, फाल्गुन २७, २०८२
Search
बुध, फाल्गुन २७, २०८२

विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु

Share:
231

अस्ट्रिया, जेठ २८ । अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११ पुगेको छ। १० जनाको घटनास्थलमा ज्यान गएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको हो। सो आक्रमण गर्ने विद्यालयमा पूर्व विद्यार्थी २१ वर्षीय युवाले केही समय पछि शौचालयमा गएर ज्यान लिएका थिए।

घटना उनले ६ महिला र तीन पुरुषको ज्यान लिएका थिए। आन्तरिक मामल मन्त्री गेरहार्ड करनारका अनुसार १२ जना गम्भीर घाइते भएका थिए। यसरी घाइते मध्यकै एक जना महिलाको अस्पतालमा ज्यान गएको हो।

ड्रयरस्कुज जेनगेसेस नामको सो विद्यालयका पूर्व विद्यार्थी आक्रमणकारीले पढाइ भने पुरा गरेका थिएनन्। हत्याको उद्देश्य अझ यकिन भएको छैन। प्रहरीको अपराध अनुसन्धानकै लागि सो चासोको विषय बनेको छ।

यस घटनाअघि अपराधीको कुनै आपराधिक घटनामा संलग्नता थिएन। उनले घटनामा प्रयोग गरेका दुवै बन्दुक प्रक्रिया पुरा गरेर अनुमति लिएका बन्दुक थिए। अस्ट्रियामा ३ दिन शोक मनाइने भएको छ भने देशको झन्डा आधा झुकाइने भएको छ।

घटना भएको विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने छ। अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरले मङ्गलबारको दिनलाई देशको कालो दिनको रूपमा चित्रण गरेका छन्। मारिने मध्य ७ जना स्कुले विद्यार्थी रहेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन्।

घटना भएपछि घाइतेको उपचार भइरहेको अस्पताल बाहिर आम मानिसको भीड लागेको छ। उपचारको क्रममा रगतको आवश्यकता पर्ने भन्दै रक्तदान गर्नका लागि त्यो भीड भएको हो। उपस्थित हुनेहरूले अहिले गम्भीर समय भएकाले समस्यालाई कम गर्न आफूहरू उपस्थित भएको जनाएका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।