शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

माधवपुर गोल्डकप : उपाधीका लागि एपीएफ र अभिषेक चर्च रजहरबीच भिडन्त

Share:
419

चितवन, जेठ १७। दोश्रो संस्करणको माधवपुर गोल्डकप फुटबलको उपाधिका लागि एपीएफ र अभिषेक चर्च रजहर बीच प्रतिष्पर्धा हुँदैछ । आज दिउँसो ३ बजे रत्ननगरको वडा नं. १५ माधवपुर स्थित माधवपुर खेल मैदानमा हुने उपाधि भिडन्तमा दुबै टोली उपाधि हात पार्न उच्च मनोबलका साथ मैदानमा उत्रिने छन् ।

पहिलो सेमिफाइनलमा हेटौंडा फुटबल एकेडेमीलाई ट्राईब्रेकरमा ७-६ ले पराजित गर्दै अभिषेक चर्च उपाधि नजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा न्यू पञ्चदिपलाई १-० अन्तरले पाखा लगाउँदै एपिएफले अभिषेक चर्चसँगको भेट पक्का गरेको हो ।

माधवपुर खेलकुद विकास समितिको आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा।लि।को मुख्य प्रायोजनमा भईरहेको प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ पाउनेछन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।