बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

दोस्रो माधवपुर गोल्डकप : आज मैत्रीपूर्ण महिला फुटबल

Share:
429

रत्ननगर, जेठ १६ । माधवपुर खेलकुद विकास समितिको आयोजनामा भईरहेको माधवपुर गोल्डकप २०८२ अन्तर्गत आज मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा रत्न प्रिय क्लब रत्ननगर र साईमन स्पोर्ट्स कालिका भिड्दैछन्। खेल दिउँसो ४ बजे देखि माधवपुर् खेलमैदानमा हुनेछ ।

कुल ८ टिम सहभागी माधवपुर गोल्डकपको फाईनल खेल भोली शनिबार हुँदैछ। फाईनल खेलको पुर्वसन्ध्यामा स्थानियस्तरमा महिला फुटबललाई प्रवर्धन गर्ने उद्देश्यले मैत्रीपूर्ण महिला फुटबल आयोजना गरिएको खेल संयोजक भिम वाईवाले बताए। खेलमा सहभागी हुने दुवै टिम खेलाडी उत्पादन, प्रशिक्षण तथा खेल प्रवर्धनमा प्रयासरत टिम हुन् । आजको खेललाई चितवन प्रिन्ट हाउस रत्ननगरले प्रयोजन गरेको आर्थिक समिति संयोजक मिलन क्षेत्रीले जानकारी दिए ।

गोल्डकपको भोली हुने फाईनल खेलमा एपीएफ र अभिषेक चर्च रजहर भिड्दै छन् । सेमीफाईनलमा एपीएफले न्यू पञ्चदिपलाई १-० ले हराउँदै र अभिषेकले बागमती फुटबल एकेडेमीलाई ट्राईब्रेकरमा ७-६ ले पराजित गर्दै प्रतियोगिताको फाईनलमा प्रवेश गरेका हुन्।

प्रतियोगिता माधवपुर खेलकुद विकास समितिको आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा।लि।को मुख्य प्रायोजनमा भईरहेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।