आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

क्रिकेटमा यूएईको सनसनीपूर्ण सफलता : जित्यो बंगलादेशविरुद्धको शृङ्खला

Share:
292

बैशाख ८ । संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेको छ। घरेलु भूमिमा भएको टी-२० शृङ्खलामा बङ्गलादेशलाई २-१ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो।

बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भएको हो। १६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो।

विजयी टोलीका अलिसान सर्फुले अविजित रहँदै ४७ बलमा ६८ रन जोडे। उनी प्लेयर अफ द म्याच समेत घोषित भए। यसैगरी असिफ खानले अविजित रहँदै २६ बलमा ४१ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। बङ्गलादेशका जाकर अलीले सर्वाधिक ४१ रन प्रहार गरे। युएईका होल्डर अलीले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिए। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।