शनि, जेष्ठ २३, २०८३
Search
शनि, जेष्ठ २३, २०८३

१० महिनामा पौने १५ खर्बको आयात, ७२ प्रतिशतले बढ्यो निर्यात

Share:
340

काठमाडौं, जेठ ७ । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म नेपालमा पौने १५ खर्बको वस्तु आयात भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

विभागकाअनुसार समीक्षा अवधिमा भएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट दुई खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२।७१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको १० महिनामा नेपालबाट एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार बराबरको विभिन्न वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि हुन पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

सबैभन्दा धेरै आयात डिजेल र निर्यातमा सोयाबिन तेल

चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै मूल्यको आयात डिजेलको भएको छ ।

समीक्षा अवधिमा नेपालमा एक खर्ब दुई अर्ब ३८ करोड ९७ लाख ७५ रुपैयाँ बराबरको डिजेल आयात भएको विभागले जनाएको छ ।

त्यस्तै, दोस्रो धेरै मूल्य बराबरको आयातमा ८१ अर्ब ८९ करोड ६३ लाख आठ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ र तेस्रो धेरै मूल्य बराबरको आयातमा ५३ अर्ब पाँच करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको पेट्रोल रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको निर्यात हुने पहिलो वस्तुमा सोयाबिन तेल र त्यसको कच्चा पदार्थ रहेको छ । १० महिना अवधिमा नेपालबाट ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसको कच्चापदार्थ निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट १० अर्ब नौ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र त्यसको कच्चापदार्थ र आठ अर्ब ८४ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।