सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

गभर्नरमा तीनजनाको नाम सिफारिस, मन्त्रिपरिषद्‍बाट विश्व पौडेललाई नियुक्त गरिँदै

Share:
509

काठमाडौं, जेठ ६ । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीनजनाको नाम सिफारिस भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले डा. विश्व पौडेल, दिनेश भट्टराई र कायममुकायम गभर्नर नीलम ढुंगानको नाम सिफारिस गरेको हो ।

गत चैत २२ गतेदेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेले उल्टो अभ्यास गरिरहेका बेला बल्ल कुरा मिलेको हो ।

चैत २२ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा भएयता नयाँ गभर्नर छान्न नसकेर आफ्नो अक्षमता छताछुल्ल पारेका दुई दलले त्यो क्रमलाई मंगलबारसम्म निरन्तरता दिएर डा. विश्व पौडेलको नाममा सहमत भएका हुन् ।

सोमबार र मंगलबार दुई दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको चरणबद्ध छलफलपछि गभर्नरमा २०७९ सालमा प्रतिनिधिसभाको चुनावमा पराजित विश्व पौडेलको नाम टुंगिएको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।