चितवन, जेठ ५ । चितवनको जुगेडीमा माइक्रो दुर्घटना भएको छ । सोमबार भरतपुर २९ जुगेडीमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ज ५५६६ नम्बरको माइक्रोले विपरी दिशाबाट आउँदै गरेको लु१९प ६३९४ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा माइक्रो अनियन्त्रित भई रोडको साइडमा पल्टिदा १० जना घाईते भएका हुन् ।
घाईते हुनेहरुको नयाँ मेडिक कलेज (सिएमासी) र भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मोटरसाईकल र माईक्रो चालक रामेछाप दोरम्बा गाउँपालिका ७ का ३७ बर्षिय खडक बहादुर नगरकोटीलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।








