आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

टी-२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै

Share:
267

जेठ ५ । महिला टी-२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।

आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर(३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो। यो खेल सोमबार अहिले बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन्।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक/एक खेल खेल्नेछन्।

सुपर-३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी-२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन्। यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ।

अब एसिया, यूरोप, अफ्रिकाका र पूर्वी एसिया प्यासिफिक क्षेत्रबाट विश्वस्तरीय छनोट खेल्ने टिमको टुंगो लाग्नेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।