आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

लिग-२ को अभ्यास : गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी

Share:
316

काठमाडौं, जेठ ३ । आईसीसी विश्वकप लिग–२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले पहिलो एक दिवसीय अभ्यास खेलमा जित निकालेको छ । शुक्रबार कार्डिफको न्युपोर्ट टोलीलाई नेपालले तीन विकेटले हराएको हो । २१३ रनको लक्ष्य नेपालले ३७।५ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।

जवाफी ब्याटिङमा खराब सुरुवात गरेको नेपालका लागि आरिफ शेख र गुल्सन झाले सानदार अर्धशतक बनाउँदै नेपाललाई जितको बाटो देखाएका थिए । गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाए भने आरिफले नटआउट ७३ रन बनाए । आरिफ र गुल्सनले सातौ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए ।

सुरुमा बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले तीन विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । नेपालका लागि रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले समान एकएक विकेट लिए । युकेमा नेपालले थप तीन टोलीसँग अभ्यास खेल्नेछ । अभ्यास खेलपछि नेपालले लिग–२ का खेल खेल्नेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।