बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कालिकाले दियो किसानलाई २४ लाख बराबरको मौरी पालन सामाग्री

Share:
537

कालिका, जेठ २ । व्यवसायिक मौरीपालनलाई प्रर्वद्धनगर्ने उद्देश्यले कालिका नगरपालिकाले मौरीपालक किसानहरुलाई विभिन्न सामग्री वितरण गरेको छ । नयाँ मौरी पकेट विकास कार्यक्रमका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित नयाँ मौरी पकेट विकास कार्यक्रमका लागि २४ लाख रुपैयाँ बराबरको मौरी उपकरण वितरण गरिएको छ।यसमा व्यवसायि सँग ५०/५० प्रतिशत साझेदारीहुनेछ ।

कालिका व्यवसायिक मौरी कृषक समुह, कालिका ६ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न सामग्री वितरण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजना अन्तर्गत २०८१/०८२ मा नयाँ मौरी पकेट विकास कार्यक्रमका लागि विभिन् उपकरणहरु वितरण गरिएको हो । यसलाई साझेदारीमा मौरी उपकरण भनिएको छ ।

कालिका व्यवसायिक मौरी कृषक समुहका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कृषि शाखा प्रमुख लक्ष्मण पौख्रेल, कृषि अधिकृत निर्जला अधिकारी लगायतका अतिथिहरु सहभागि हुनुभएको थियो ।

हेर्नुहोस् वितरण गरिएको सामग्री र मूल्य :

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।