शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि : यमाल बने नायक

Share:
678

जेठ २ । लामिन यमाल छाएको खेलमा इस्पानियोललाई २-० ले हराउँदै बार्सिलोनाले २८ औँ स्पेनिस ला लिगाको उपाधि जितेको छ। खेलको ५३ औँ मिनेटमा १७ वर्षीय यमालले लामो दुरीबाट गरेको घुमाउरो प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। खेलको इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले अर्को गोल गर्दै उपाधि रक्षा गरेका हुन्।

२ खेल बाँकी हुँदा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ७ अङ्कले पछि छाडेको छ। अहिलेको विश्वका सबै भन्दा रोमाञ्चक युवा खेलाडी यमालले गरेको गोल भने साँच्चै उत्कृष्ट थियो।

प्रशिक्षक हान्सी फ्लिकको निगरानीमा पहिलो सिजन खेली रहेको बार्सिलोनाले तीन वटा घरेलु उपाधि जितेको छ। यसअघि कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि बार्सिलोनाले जितिसकेको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।