बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

३३ केभी अण्डरग्राउण्ड तारमा समस्या, पूर्वी चितवनका विभिन्न स्थानमा विद्युत अवरुद्ध

Share:
734

चितवन । ३३ केभी अण्डरग्राउण्ड तारमा समस्या आएपछि पूर्वी चितवनको विभिन्न स्थानमा विद्युत अवरुद्ध भएकाे छ ।

कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका अधिकांश स्थानहरू तथा इच्छाकामना गाउँपालिका र खैरहनी नगरपालिकाका केही स्थानहरूमा गएरातिदेखि विद्युत प्रवाह अवरुद्ध भएकाे हाे ।

भरतपुर-पर्सा ३३ केभी प्रसारण लाइन खण्डको भरतपुर सबस्टेसनदेखि गाेन्द्राङसम्मकाे ३३ केभी अन्डरग्राउन्ड केबलमा Fault देखिएका कारण सो मुख्य प्रसारण लाइन नै अवरुद्ध रही ३३/११ केभी पर्सा सबस्टेसनबाट वितरण हुने सम्पूर्ण फिडरहरू अवरुद्ध भएकाे नेपाल विद्युत प्राधिकरण, रत्ननगर टाँडी वितरण केन्द्रले जनाएको छ ।

सो ३३ केभी Underground Cable फल्टको पहिचान (identification), अलग (Isolation) तथा वैकल्पिक व्यवस्थाबाट तत्काल सञ्चालन गर्न प्राविधिक टिमहरू आज बिहानदेखि नै परिचालन गरिएकाे वितरणा केन्द्रले बताएकाे छ ।

केवल fault सम्बन्धमा हुनसक्ने सम्भाव्य प्राविधिक जटिलताहरूको निराकरणको लागि पोखरा भरतपुर ३३ केभी अन्डरग्राउन्ड प्रोजेक्टसँग तथा fault location identification गर्न चाहिने fault detector device को लागि चनौली वितरण केन्द्रसँग समन्वय भइरहेको समेत बताइएकाे छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।