आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

विश्वकप लिग-२ : स्कटल्यान्ड आठ विकेटले विजयी

Share:
297

विश्वकप लिग-२ : स्कटल्यान्ड आठ विकेटले विजयी
जेठ ३ । आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ मा संयुक्त अरब इमिरेट्स ९युएई०ले कमजोर प्रदर्शन कायमै राखेको छ।

बुधबार भएको खेलमा स्कटल्यान्डले युएईलाई आठ विकेटले हरायो। १६२ रनको झिनो लक्ष्य स्कटल्यान्डले दुई विकेटको क्षतिमा १५४ बल बाँकी रहँदा पुरा गरेको हो।

जितपछि स्कटल्यान्ड १५ खेलमा १८ अङ्क सहित चौथौँ स्थानमा छ। युएई १६ खेलमा ६ अङ्क सहित सातौँ स्थानमा छ।

स्कटल्यान्डलाई जित दिलाउने क्रममा जर्ज मुन्सेले ४५ बलमा ५६ रन जोडे। ब्रेन्डन म्याकमुलेनले अविजित रहँदै ५१ बलमा ५० रनको योगदान गरे। कप्तान रिची बेरिङटनले पनि अविजित रहँदै २८ बलमा ३५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४७.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६१ रन बनाएको थियो। युएईका मोहम्मद बसिमले ६१ रन जोडे। स्कटल्यान्डका ब्राड कुरी र म्याकमुलेनले समान तीन विकेट लिए। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।