बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

सौराहाचोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Share:
4511

रत्ननगर, बैशाख ३१ । चितवनकाे रत्ननगर नगरपालिका वडा नम्बर १ सौराहाचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा रत्ननगर वडा नम्बर १६ निवासी अन्दाजी २७ वर्षीय किशोर श्रेष्ठ रहेका छन्। इलाका प्रहरी कार्यालय टांडीका अनुसार भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ६ ख ६२८२ नम्बरको ट्रकले ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

घाइते स्कुटर चालकलाई तत्काल रत्ननगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएकोमा उपचारका क्रममा श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।