चितवन । चितवनका कालिकामा रुख ढलेर एक घरमा क्षति पुगेको छ। मंगलवार साँझ चलेको हावाहुरी संगै असिना पानीले कालिका वडा नं. ३ मिलिजुली टोल निवासी अक वहादुर गुङको घरमा सुकेको सिमलको रुख ढल्दा घरमा क्षती पुगेको हो ।
घरमा रुख ढल्दा अक वहादुर गुरुङका ९ वर्षीया छोरा आयुष गुरुङ घाईते भएका छन् । घाईते बालकको मंगलबार साँझ नै नगर अस्पतालमा उपचार गरि घर लगिएको कालिका ३ का वडा अध्यक्ष विरेन्द्र तामाङले जानकारी दिए ।

ढलेको रुखका कारण घरको छाना, पालि र भित्तामा क्षती पुगेकोछ । रूख ढलेर क्षति पुगेको, विजुलीको पोल ढलेको र हावा हुरीका कारण केही घरहरूको छानाहरूमा क्षतिपुगेको हुँनाले क्षतिको विवरण सङ्कलन सँगै तत्काल रुखहरू हटाई अबरुद्ध बाटोहरु खुलाउनुका साथै जस्तापाता फेर्ने काम गरिने वडा अध्यक्ष तामाङले बताए ।
विगतका बर्षहरुको तुलनामा यसबर्ष चितवन क्षेत्रमै हावाहुण्डरी ज्यादा चल्नुका साथै क्षती बढेको हो । हावाहुरी चल्ने मौसम जारी नै रहेकाले यसप्रकारका थप क्षती हुनसक्ने भन्दै आवश्यक सजगता अपनाउन मौसमविद्हरुको अनुरोध छ ।








