बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

साना किसान खैरहनीद्वारा एक दिने नि:शुल्क गुप्तरोग शिविर

Share:
594

चितवन, बैशाख २९ । साना किसान कृषि सहकारी संस्था लि. खैरहनीको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ ।

शिविरमा पायल्स, फिस्टुला, फिसर जस्ता गुप्तरोगहरूको बारेमा परामर्श, परीक्षण तथा उपचार गरिएको थियो । आफ्ना शेयरसदस्यहरूलाई लक्षित गरी आयोजना गरेको शिविरलाई एञ्जल फाउण्डेशन, सिराहाको प्राविधिक सहयोग रहेको थियो ।

उक्त शिविरको नेतृत्व जनरल सर्जन डा. विनित थापा, डा. विनय प्रधान, डा. अस्मिता ओली सहित १४ जना स्वास्थ्यकर्मीको संलग्नता रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो धारणा राख्नु हुँदै डा. थापाले गुप्तरोगका कारण विरामीले लामो समयसम्म रोगका बारेमा अरूलाई नभन्नु, समयमै उपचार नगर्नुका कारणले विरामीले जटिल स्वास्थ्य समस्याको सामना गर्नु परेको र उपचार सम्भव नभएर मृत्युवरण गर्नु परेको समेत बताए ।

यस्ता रोगहरू समयमै उपचार हुन सके पूर्ण ठीक हुने उनको भनाइ थियो । शिविरमा डाक्टरद्वारा परीक्षण, श्रव्यदृष्य सामग्रीबाट परामर्श, ल्याव सेवा एवम् निराकरणका उपाय समेतको बारेमा बृहत् चर्चा गरियो ।

परीक्षण पश्चात थप उपचारमा जानु पर्ने भएमा सानाकिसान कृषि सहकारी संस्था लि। खैरहनीको सिफारिशमा जाने शेयर सदस्य वा अन्य जो कोही विरामीलाई ५० प्रतिशत छुटमा सेवा दिने फाउण्डेशनका मुख्य प्रवन्धक सन्तोष कार्कीले बताए ।

कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति नेपालको अध्यक्षता एवम् खैरहनी वडा नं ६ का वडाध्यक्ष कमलप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने परीक्षण व्यवस्थापन सहजीकरणमा संस्थाकै प्रमुख प्रबन्धक चन्द्रबहादुर लामिछानेले गरेका थिए । शिविरबाट करिव १४५ जना विरामीहरूले सेवा लिएका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।