बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

चितवनमा यात्रुको झोला तानेर हैरानी बनाउने ८८ जना पक्राउ

Share:
823

चितवन, बैशाख २८ । चितवनका विभिन्न ठाउँमा यात्रुका झोला र अनावश्यक दुःख, हैरानी दिने विभिन्न यातायात कम्पनीका ८८ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको स्विप अप्रेसन अन्तर्गत शुक्रबार र शनिवार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

परिचयपत्र साथमा नलिई यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने, झोला तान्ने लगायतका गतिविधिहरू गरी यातायातका विभिन्न नियम उल्लङ्घन गरेको एवम् चोरी, लागुऔषध सेवन गरी विभिन्न घटनामा आबद्ध हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरुलाई कानुनी तथा ट्राफिक नियम सम्बन्धि सचेतना प्रदान गरेपछि परिवारको जिम्मा लगाएर छाडिएको छ । प्रहरीले भरतपुरको चौविसकोठी, बालकुमारी चौर, टाँडी, भण्डारा, गितानगर, देवघाट र चनौलीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।