बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

टिकौली र मिलिजुली वनमा वन डढेलो, विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि तालिम

Share:
524

रत्ननगर, बैशाख २७ । वन डढेलो, विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा चोरी सिकार नियन्त्रण युवा जागरण समितिको समनवयमा टिकौली र मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहमा तालिम सम्पन्न भएको हो ।

शुक्रबार रत्ननगर-९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह र शनिवार मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका कार्यसमिति तथा परिसद सदस्यहरु, ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी सई निरिक्षक एकबिर मल्ल ठकुरी लगाएत कमाण्डको टोली, नगर प्रहरीलाई  तालिम दिईएको हो ।

चोरी सिकार नियन्त्रण युवा जागरण समितिका अध्यक्ष वसन्त राना मगरले प्रशिक्षण दिएका थिए । वनमा डढेलो लाग्दा कसरी निभाउने, आगलागी बाट बच्ने उपाय, वर्षा लागेसंगै बाढी, पहिरो आउँदा कसरी बच्न सकिन्छ, प्राथमिक उपचार, पूर्व तयारी, उद्धार बारे सहभागिहरुलाई प्रशिक्षण दिईएको छ । तालिममा ४०/४० जनाको सहभागिता रहेको थियो ।

टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका सदस्य वुद्धिमान वि.क को अध्यक्षतामा भएको थियो भने मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिकी सदस्य सरिस्वती लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालन कार्यसमिति सदस्य बिन्दा कार्कीले सञ्चालन गरेकी थिईन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।