आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

आईपीएल स्थगित

Share:
323

बैशाख २६ । यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले यस सिजनका बाँकी खेलहरु अनिश्चित कालका लागि स्थगित गरेको हो ।

बीसीसीआईको बैठकले यस्तो निर्णय गरेको भारतीय टेलिभिजन आज तकले उल्लेख गरेको छ ।

यससँगै आजदेखि आईपीएलका कुनै खेल हुनेछैनन् । भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेका बेला आईपीएल स्थगित गरिएको हो । पाकिस्तानसँग तनाव बढिरहेका बेला आफ्नो पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु रहेको बीसीसीआईले जनाएको छ । बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने अपेक्षा गरिएको छ ।

आईपीएलमा मे ८ सम्म ५८ खेलहरू भएका थिए । बिहीबार धर्मशालामा आयोजित पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचैमा स्थगित भएको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।