आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा

Share:
328

बैशाख २६ । यस सिजनको युरोपा लिगको फाइनलमा दुई इङ्ग्लिस क्लब प्रवेश गरेका छन्। म्यानचेस्टर युनाइटेड बिहीबार राति भएको दोस्रो लेग सेमिफाइनलमा एथलेटिक क्लबलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा युनाइटेड ३-० ले विजयी भएको थियो। खेलको ३१ औँ मिनेटमा माइकल जाउरेजिगरको गोलमा एथलेटिकले अग्रता लिएको थियो। बिहीबारको खेलका नायक भने माउन्ट भए।

सन् २०२३ मा चेल्सीबाट म्यानचेस्टर आएदेखि चोटसँग सङ्घर्ष गरेका माउन्टले मैदान प्रवेश गरेको १० मिनेट पछि नै पहिलो गोल गरे थिए। ७२ औँ मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी समयमा पनि गोल गरे। यस बिचमा कासिमेरो र हिजल्यान्डले युनाइटेडका लागि गोल गरेका थिए।

फाइनलमा म्यानचेस्टरले टोटनहाम हस्टस्पर्सको सामना गर्ने छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।