आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

नेप्से परिसूचक १२ अङ्कले घट्यो

Share:
301

काठमाडौँ, २५ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार छ सय ६१ दशमलव ६४ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर एक लाख तीन हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ६५ करोड १७ हजार आठ सय ५१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ८२, विकास बैंक एक दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव १४, लगानी शून्य दशमलव शून्य चार, लघुवित्त शून्य दशमलव १३, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार दुई र अन्य समूहको उपसूचक एक दशमलव ८१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी वित्त समूह चार दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत् शून्य दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव १७ र म्युचुअल फण्ड शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रू ७८ करोड ४५ लाख ९६ हजार चार सय १३ बराबरको कारोबार भएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।