चितवन, २४ वैशाख । पुर्वी चितवनको खैरहनीमा गाजासहित तीन जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ३ टुङ्गाराबाट प्रहरीले भारतिय ट्रकसहित तिनजनालाई बुधवार बिहान अन्दाजी २ बजे पक्राउ गरेको हो ।
बि आर ०५ जिसि ९५१३ नम्बरको भारतिय नम्बरको ट्रकमा फल्स बटमभित्र अन्दाजी दुई सय किलो गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलिले गाजासहित ट्रकमा सवार तिनजनालाई पक्राउ गरेको हो । प्रहरीले भारतको मोतिहारी जिल्ला मधुबन बस्ने ४० वर्षिय बिरेश यादव, राप्ती नगरपालिका वडा नम्बर १२ बस्ने ४७ वर्षिय चन्द्रबहादुर तामाङ र राप्ती १२ कै २५ वर्षिय सुभाष तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








