शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

बागमती प्रदेशमा आज सार्वजनिक बिदा, कालिकाको श्री राष्ट्रिय मा.वि शमीपुर खुल्ने

Share:
909

चितवन, बैशाख २४ । चितवनको कालिका नगरपालिकाको एक माध्यमिक विद्यालयले सार्वजनिक बिदाको दिन आज (बुधवार) पढाउने भएको छ । कालिका वडा नं. १ सूर्यपुर चितवनमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरले सार्वजनिक बिदाको दिनपनि पढाउने भएको हो ।

बागमती प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो तर श्री राष्ट्रिय मा.वि शमीपुरले एक सूचना जारी गरी शिक्षक आन्दोलनका कारण भएको सिकाई क्षतिलाई पूरा गर्न विद्यालय खोल्ने निर्णय भएको जानकारी दिएका छन् ।

विद्यालयका प्राधानाध्यापक धर्मेन्द्र रायमाझीले बागमती प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि विद्यालय यथावत् संचालन हुने जानकारी दिए ।

नेपाल शिक्षक महासघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गतेसम्म गरेको २९ दिने शैक्षिक हड्ताललाई मध्यनजर गर्दै विद्यालय खोल्ने निर्णय गरिएको उनले बताए । विद्यालयले गरेको निणयप्रति अभिभावक खुसी भएका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।