चितवन । सिपमूलक व्यवसाय सञ्चालन गर्नका लागि चितवनको कालिका नगरपालिका वडा नं. ६ मा आधारभूत व्युटी पार्लर सम्बन्धी तालिम सुरु भएको छ ।
कालिका नगरपालिका वडा नं. ६ को आयोजना तथा कालिका नगरपालिका नगरकार्यपालिकाको समन्वयमा ४५ दिने व्युटी पार्लर सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
सिप सिकाएर रोजगारको सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित आधारभूत व्युटी पार्लर तालिमको सुरुवात गरिएको कालिका-६ का वडा अध्यक्ष टिकाराम रेग्मीले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन गर्दै कालिकाका नगर प्रमुख विनोद रेग्मीले “समृद्ध कालिका सुखी कालिका” बन्नका लागि पेशा व्यवसायमा लागेर व्यावसायिक उद्यमी बन्नुपर्ने बताउनुभयो ।
उहाले सौन्दर्यको पक्ष पनि मानिसको एक गहना भएकोमा जोड दिँदै गरिबी हटाउन र समृद्धि ल्याउनका लागि सबै रोजगारका क्षेत्रमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उपप्रमुख विमला तामाङले नगरपालिका मार्फत विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिएको बताउँदै महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताउनुभयो ।
कार्यपालिका सदस्य सम्झना परियारले सिप सिकेर व्यवसाय गर्न सकेमा तालिमले सार्थकता पाउने बताउँदै तालिमलाई परिणाममुखी बनाउनुपर्ने उहाले जोड दिनुभयो ।
४५ दिन सम्म सञ्चालन हुने तालिममा कालिका-६ का विभिन्न टोलबाट ३५ जना महिलाहरुको सहभागिता रहेको छ । दिलिशा व्युटी पार्लर एंड ट्रेनिङ्ग सेन्टरकी सञ्चालिका लक्ष्मी देपकोटाले तालिम अवधिभर सहभागीहरुलाई प्रशिक्षण दिने आयोजले जनाएको छ ।
कालिकाका योजना शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य लक्ष्मी नारायण चौलागाईले स्वागत मन्तव्य राख्नुभएको थियो ।









