शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

गाजा नियन्त्रण गर्ने प्रस्ताव इजरायलको क्याबिनेटबाट पारित

Share:
372

इजरायल, बैशाख २३ । इजरायलको रक्षा मन्त्रालयले गाजालाई पूर्ण नियन्त्रणमा लिनुका साथै हमासको विरुद्धमा फराकिलो आक्रमण गर्ने योजनालाई पारित गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई नास गर्नका लागि ठुलो शक्ति परिचालन गर्नुका साथै सबै बन्दी रिहा गर्ने तथा गाजाका २१ लाख जनतालाई अन्यत्र सार्न प्रयास गर्ने जनाएका छन्।

क्याबिनेटले निजी कम्पनीमार्फत राहत वितरण गर्नेसमेत जनाएको छ। दुई महिनादेखि राहत वितरणमा अवरुद्ध भएका कारण गाजामा धेरै जना कुपोषणको सिकार भएको राष्ट्र संघले बताएको छ।

राष्ट्र सङ्घ र अन्य निकायले यो प्रस्ताव सामान्य चलिआएको मानवीय संवेदनासँग विरोधाभास पूर्ण भएको बताउँदै यसलाई स्वीकार नगर्ने जनाएका छन्। हमासले पनि इजरायलले ब्ल्याक मेल गरेको भन्दै यसलाई अस्वीकार गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ खाद्यान्नका लागि सहयोगलाई निरन्तरता दिने बताए। बेलायतले भने गाजालाई फराकिलो रूपमा कब्जामा दिने इजरायली योजनालाई समर्थन नगर्ने बताएको छ। युरोपेली युनियनले यस कार्यले गाजाका बासिन्दा अझ ठुलो संकटमा पर्नसक्ने चेतावनी दिएको छ।

आइतबार क्याबिनेट बैठकमा इजरायली सेना प्रमुख आयल जामिरले हमासलाई परास्त गर्नका लागि प्रस्ताव राखेका थिए। सो प्रस्ताव पारित भएको हो। इजरायली योजनामा त्यो क्षेत्र नियन्त्रणमा लिने, गाजाका बासिन्दालाई यसको दक्षिणमा हटाउने, हमासलाई राहत वितरणमा रोक लगाउने तथा त्यस क्षेत्रमा हमासलाई प्रवेश गर्न पूर्ण रूपमा रोक लगाउने विषय छन्।

यो योजना तयार भए पनि १३ देखि १६ मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यस क्षेत्रमा भ्रमण नभएसम्म लागु हुने छैन। हमासलाई नयाँ युद्ध विरामको प्रस्ताव स्वीकार गर्नका लागि वातावरण पनि त्यसै भ्रमणले तयार गर्न सक्ने जनाइएको छ। मध्यपूर्व भ्रमणको क्रममा ट्रम्प, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स तथा कतार पुग्ने छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।