शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

धितो मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्दा समस्या

Share:
392

चितवन, २२ फागुन । धितोको मूल्य घट्दै जाँदा बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरू चिन्तित बनेका छन् ।

नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ ।

एसोसिएसनका अध्यक्ष ई सञ्जयकुमार महतोले बैङ्कहरूले नेपाल राष्ट्र बैङ्कको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताउनुभयो ।

कोभिड अगाडिको मूल्याङ्कन र कोभिड पछाडिको मूल्याङ्कनमा दुई तिहाइ नपुगे मूल्याङ्कनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उहाँको भनाइ छ ।

“यसले गर्दा मूल्याङ्कनकर्ताहरूमा निराशा छाएको छ, यही अवस्था रहे मूल्याङ्कन गर्ने/नगर्ने भन्ने विषय अन्योल हुन्छ”, उहाँले भन्नुभयो । अहिले देशका हरेक ठाउँमा धितोको मूल्याङ्कन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उहाँले मूल्याङ्कनकर्ताहरूलाई बैङ्कहरूले कालोसूचीमा राख्न नहुने बताउनुभएको हो ।

केन्द्रीय सल्लाहाकार ई लक्ष्मणबाबु सेढाईले आफूहरूले बैङ्क र बैङ्कका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैङ्कहरूले मूल्याङ्कनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ ।”

अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उहाँले यो अवस्थामा बैङ्कहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्ता गतिविधिले इञ्जिनियरहरू पलायन हुने अवस्था आउने उहाँको भनाइ छ । एसोसिएसनका कोशी प्रदेश अध्यक्ष ई आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैङ्कहरूले कारबाही गर्ने गरेको बताउनुभयो ।

पहिलोपटक गरेको मूल्याङ्कनको दुई तिहाइ नपुग्दा समस्या भएको उहाको भनाइ छ । एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैङ्कका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्याङ्कनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैङ्कहरूले गरेको उल्लेख गर्नुभयो ।

बैङ्कहरूले दोस्रो पटक मूल्याङ्कन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उहाँको भनाइ छ । चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्याङ्कनकर्ताहरूमा समस्या आउन थालेको बताउनुभयो ।

नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैङ्कहरूले बुझ्नुपर्ने बताउनुभयो । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन् । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।