शनि, जेष्ठ २३, २०८३
Search
शनि, जेष्ठ २३, २०८३

अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँः अध्यक्ष दाहाल

Share:
309

काठमाडौँ, २१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को एकता महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले समाजवादका निम्ति सामाजिक न्याय र समृद्धिको पक्षमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो,“मुलुकको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका अतुलनीय छ, अबका दिनमा पनि नेपालको आर्थिक विकासमा तपाईंहरूको भूमिका थप महत्वपूर्ण हुने अपेक्षा गरेको छु ।”

उहाँले आफ्नै नेतृत्वको सरकारले एनआरएनएलाई नागरिकता प्रदान गरेको उल्लेख गर्दै थप हितका निम्ति आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले गैरआवासीय नेपालीको ज्ञान सीप नेपालको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो । “एनआरएनसँग निकै ठूलो सञ्जाल, पर्याप्त अनुभव र स्रोतसाधन पनि छ । त्यो नेपालको आर्थिक विकासका निम्ति निकै ठूलो सहयोग पुग्छ ।” रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।