शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

Share:
403

रत्ननगर, बैशाख २१ । पूर्वी चितवनको रत्ननगरमा अबस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरिएको छ ।

अस्ट्रिया निवासी विदेशी नागरिक भेरोनिकाको जन्मदिनको अबसरमा केन्द्रमा आश्रित चेपाङ बालबालिकाको लागि खाद्यान्न सहयोग गरिएको हो ।

केन्द्रमा स्थापनाकाल देखि निरन्तर सहयोग गर्दै आएका अस्ट्रिया निवासी माया मुलर र उनका श्रीमान एम्मर मुलर तथा ग्रिन सोसाइटी नेपालका महासचिब शिरलाल परियारको पहलमा १ लाख ५० हजार रुपैया बराबरको खाद्यान्न सहयोग गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा भेरोनिकाका श्रीमान इमिल पनि सहभागी थिए । भेरोनिकाको जन्मदिनको अबसरमा केन्द्रमा खाद्यान्न सहयोगसंगै एकछाक खाना समेत खुवाइएको छ ।

केन्द्रलाई उनीहरुले ६० बोरा चामल, २ बोरा आलु, २ बोरा दाल, १ बोरा नुन, १० किलो मसला, १ बोरा प्याज, ५/५ किलो अदुवा, लसुन, २ कार्टुन साबुन र १ काटुन श्रफ प्रदान गरिएको ग्रिन सोसाइटीका महासचिव परियारले जानकारी दिए ।

मुलर दम्पतीले ३० किलो मासु सहित अन्य सामग्री समेत गरेका छन् । महासचिव परियारले मुलर दम्पतीले केन्द्रमा स्थापनाकाल देखि भौतिक निर्माण, खाद्यान्न र स्टेशनरी सहयोग गर्दै आएको बताए ।

खाद्यान्न हस्तान्तरणपछि भेरोनिकाकाे जन्मदिनमा आफ्नो देशमा खर्च नगरी शिक्षाको लागि केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग गरेको बताइन् ।

केन्द्रका अध्यक्ष केपिकिरण शर्माले मुलर दम्पतीको सहयोगले केन्द्र सञ्चालनमा सहज भएको बताए ।

१५० जना चेपाङ बालबालिका आश्रित केन्द्रमा बार्षिक ६० लाख रुपैया खर्च हुने जानकारी दिँदै शर्माले दाताहरुको सहयोगमा केन्द्र अहिले सम्म धानिएको बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।