आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

चेन्नईमाथि रोमाञ्चक जित निकाल्दै बैंग्लुरु शीर्ष स्थानमा

Share:
284

बैशाख २१ । चेन्नई सुपर किंग्समाथि रोमाञ्चक जित निकाल्दै रोयल्स च्यालेन्जर्स बैंग्लुरु इन्डियन प्रिमियर लिग (आइपिएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार सम्पन्न खेलमा बैंग्लुरु दुई रनले विजयी भएको हो। बैंग्लुरुको यो आठौं जित हो । ११ खेल खेलेको बैंग्लुरुले १६ अंक पुर्‍याएको छ।

प्लेअफ दौडबाट पहिले नै बाहिरिसकेको चेन्नईको भने यो नवौं हार हो। पुछारमा रहेको चेन्नईको समान खेलबाट चार अंक छ। चेन्नईले लगातार चौथो खेल हारेको छ। यस सिजनमा बैंग्लुरुले दुवै खेलमा चेन्नईलाई पराजित गर्‍यो।

चिन्नास्वामी रंगशालामा २१४ रनको लक्ष्य पछ्याउँदै चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो।

रविन्द्र जडेजाले ४५ बलमा ७७ रन बनाएर अविजित रहे। आयुष म्हात्रेले ४८ बलमा ९४ रनको इनिङ्स खेले। लुंगी न्गिडीले तीन विकेट लिए।

यसअघि बेंगलुरुका लागि रोमारियो शेफर्डले १४ बलमा सिजनको सबैभन्दा छिटो अर्धशतक बनाएका थिए। उनले ६ छक्का र चा। चौका प्रहार गरे। विराट कोहलीले ६२ रन र ज्याकोब बेथेलले ५५ रन बनाए। मथिशा पाथिरानाले तीन विकेट लिए । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।