बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

संस्कृति संरक्षणका लागि घोडा दौड

Share:
298

वीरगञ्ज, बैशाख २१ । पर्सास्थित वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज महानगर–१६ नगवामा घौडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबीच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो ।

घोडा दौड प्रतियोगितामा छिमेकी मुलुक भारतको विहार राज्यका मोतिहारी, पश्चिम चम्पारण जिल्ला र नेपालका १६ घोडा सवारबीच प्रतिस्पर्धा गराइएको थियो ।

ब्रहम बाबा सञ्चालक सेवा समिति तथा बीपी कोइराला युवा नेतृत्व मञ्चको आयोजनामा भएको उक्त दौडमा १६ घोड सवारबीच प्रतिस्पर्धा गराइएको थियो । समितिका अध्यक्ष प्रभु चौरसियाले दुवै मुलुकबीच सदियौँदेखि चल्दै आएको सद्भाव कायम गर्न पनि प्रतियोगिताले ठूलो मद्दत पुगेको बताए ।

घोडा दौड हेर्न उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको घुइँचो लागेको थियो ।

घोडा दौड प्रतियोगितामा भारतको मोतिहारीका विचारी यादवको घोडा प्रथम भएको छ । प्रथम हुनेलाई कुलर मेसिनले सम्मानित गरियो । त्यस्तै द्वितीय पुरस्कार मोतिहारीकै कोट्वाका मेनेजर ज्यादवको घोडाले प्राप्त गर्‍यो भने तृतीय पुरस्कार पर्सा सिर्सियाका हरिशङ्कर सिंहको घोडाले पाएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले लोपोन्मुख हुँदै गएको घोडा दौड प्रतियोगिताले नेपाल र भारतबीच मैत्रीपूर्ण भावनाको विकास गर्न सघाउ पुगेको बताए ।

मन्त्री क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमलगायतले घोडा दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका थिए । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।