मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

Share:
285

इनरुवा (सुनसरी), वैशाख २१ । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् । उहाँसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित हुनुभएको हो ।

“मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले रासससँग भन्नुभयो । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताउनुभएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताउनुभयो । उहाँ नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थाल्नुभएको हो ।

विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दैआउनुभएको छ । उहाँलाई न आमाबुबा न घरको बारेमा जानकारी छ । यहाँ काम गर्नुअघि उहाँको नाम चङ्खे थियो । अहिले उहाँ अर्जुन भुजेलको नामबाट चिनिन थाल्नुभएको छ । भुजेल एक वर्षदेखि यहाँ काम गर्दै आउनुभएको छ ।

“आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ”, उहाँले भन्नुभयो । उहाँले नागरिकता बनाउन पहल गरिदिन आग्रह गर्नुभयो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।