बुध, जेष्ठ २०, २०८३
Search
बुध, जेष्ठ २०, २०८३

नीति तथा कार्यक्रम : शिक्षा क्षेत्रमा के भन्यो सरकारले ?

Share:
404

काठमाडौं, बैशाख १९ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा क्षेत्रमा विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुर्नसंरचना गरिने बताएका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसदमा प्रस्तुत गरेको मार्गचित्रमा विद्यालय शिक्षा विधेयकलाई बजेट अधिवेशनबाटै पारित गर्नेदेखि संस्थागत–सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागु गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरिने बताए ।

यस्ता छन् नीति तथा कार्यक्रममा प्रस्तुत भएका शिक्षा सम्बन्धी मुख्य कार्यक्रम –

१. शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाइने ।
२. विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुर्नसंरचना गरिने ।
३. विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिने ।
४. विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पारित गरिने ।
५. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिने ।
६. विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा विश्वविद्यालयमा प्रवेश गराइने ।
७. प्राविधिक शिक्षाको धारलाई विश्वविद्यालयसम्म पुर्‍याइने ।
९. संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरूपता ल्याइने ।
१०. पढ्दै कमाउँदै नीति लागू गरिने ।
११. विकटका भौगोलिक क्षेत्रलाई लक्षित गरि आवासीय विद्यालय खोलिने ।
१२. निजी विद्यालयका लागि राष्ट्रिय मापदण्ड लागू गर्ने ।
१३. शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने र शिक्षक किताबखाना प्रदेश सरकारलाई हस्तान्तरण गर्ने ।
१४. विश्वविद्यालयको शासकीय प्रणालीमा सुधार गर्ने ।
१५. विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गरी विद्यार्थी संख्या, गुणस्तर र संस्थाको दिगोपनका आधारमा वितरण गर्ने ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।