बुध, जेष्ठ २०, २०८३
Search
बुध, जेष्ठ २०, २०८३

भारतमा नेपाली छात्राको मृत्युको छानबिनका लागि पराष्ट्रमन्त्रीको कूटनीतिक पहल

Share:
319

काठमाडौं, बैशाख १९ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्नुभएको छ।

मन्त्री डा. राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन्।

परराष्ट्रमन्त्री डा. राणाले फेसबुकमा लेखेकी छन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’

घटनाले मर्माहत बनाएको भन्दै परराष्ट्रमन्त्री राणाले प्रिसाको आत्माको चिर शान्तिको कामना गरेकी छन्। उनले दुखको घडीमा उनको परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरेकी छन्।

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

 

उनले अगाडि थप लेखेकी छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ। प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

गत ४ फागुनमा पनि उक्त विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् । लम्साल मृत भेटिएको छात्रावासमै साह बस्दै आएकी थिइन् ।

उनको मृत्युको कारण खुलिसकेको छैन् । साहको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।