शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

चितवनमा लेखा दिवस मनाईयो

Share:
231

चितवन । कोष तथा लेखा नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरेर चितवनमा लेखा दिवस मनाईएको छ ।

लेखा समाज चितवनको आयोजनामा जिल्ला स्थित सरकारी कार्यालयका लेखा समूहमा कार्यरत कर्मचारीहरु बिच अन्तक्रिया तथा छलफल गरेर लेखा दिवस २०८२ मंगलवार मनाईएको हो ।

चितवन जिल्लामा कार्यरत लेखा समुहका कर्मचारी बिच छलफल तथा अन्तक्रिया कार्यक्रम गरी दिवस मनाईएको कालिका नगरपालिकाका बरिष्ठ लेखा अधिकृत तथा लेखा समाज चितवनका उपाध्यक्ष ऋषि प्रसाद कडुवालले जानकारी दिए ।

कोष नियन्त्रक तथा लेखा समाज चितवनका अध्यक्ष पूर्णभद्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सह महालेखा नियन्त्रक यमुना प्रधान प्रमुख अतिथि रहेका थिए ।

लेखा कर्मीको समस्या र समाधानको उपय, लेखा समाज चितवनको गतिविधि, लेखा दिवसको विषय वस्तु माथि लेखा समाज चितवनका प्रमुख संरक्षक, प्रमुख कोष नियन्त्रक याम नारायण शर्माले प्रकाश पारेका थिए ।

यस्तै, प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापनको लागि निर्देशन, सुधारको लागि सुझाब, लेखा कर्मीको समस्याका बारेमा धारणा सह महालेखा नियन्त्रक यमुना प्रधानले राखेकी थिईन्

कार्यक्रममा लेखा समाज चितवनको कार्यक्रमहरू गर्दा एकरूपताको लागि सदस्यहरूको लागि वितरण गरिने ट्रयाकसुटको प्रदर्शन तथा लोकार्पण गरिनुका साथै, सह महालेखा नियन्त्रक यमुना प्रधानलाई लेखा समाज चितवनको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कोष नियन्त्रक तथा लेखा समाज चितवनका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लेखा समाज चितवनका प्रमुख संरक्षक, प्रमुख कोष नियन्त्रक याम नारायण शर्मा (कोष तथा लेखा नियन्त्रक कार्यालय चितवन), लेखा अधिकृत मुक्ति प्रसाद चापागाईं (निवर्तमान अध्यक्ष लेखा समाज चितवन), शाखा अधिकृत जिल्ला समन्वय समितिको कार्यलय चितवन, अधिकृत प्रतिनिधि प्रदेश लेखा ईकाइ कार्यालय चितवन लगायतको उपस्थिति थियो ।

लेखापाल तथा लेखा समाज चितवनका सह- सचिव बाबुराम पौडेलले सञ्चालन गरेको कार्यक्रममा कालिका नगरपालिकाका बरिष्ठ लेखा अधिकृत तथा लेखा समाज चितवनका उपाध्यक्ष ऋषि प्रसाद कडुवालले स्वागत मन्तव्य राखेका थिए ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।