सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

सौराहाका निजी हात्ती व्यवस्थान गर्न कार्यदल : वनमन्त्री ठकुरी

Share:
310

रत्ननगर, बैशाख ११ । नेपाल सरकारका वन तथा बाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सौराहामा सफारीमा प्रयोग हुँदै आएका निजी हात्तीको व्यस्थापनको लागि सरकारले कार्यदल बनाएर काम सुरु गरेको बताएका छन् ।

पूर्वी चितवनको एक संरक्षित वन र चार वटा सामुदायिक वनमा जिप सफारी उद्घाटन गर्दै मन्त्री ठकरीले जंगली हात्तीको नियन्त्रण र निजी हात्तीको व्यवस्थापनको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य संयोजक रहेको कार्यदल बनाएको बताए । उनले कार्यदलले पहिलो चरणको काम समेत सुरु गरिसकेको जानकारी दिए । सौराहामा सफारीमा प्रयोग हुने पोथी हात्तीका कारण बस्तीमा जंगली हात्ती प्रवेश गरेको निस्कर्ष सहित शरदकुमार चौधरी संयोजक रहेको संघर्ष समिति बनाएर हात्ती व्यवस्थापनको लागि सरकारले दवाव दिइदै आएको छ ।

जनस्तरबाट आएको विषयलाई सरकारले गम्भिर रुपमा लिएको भन्दै मन्त्री ठकुरीले हात्ती व्यवस्थापनको काम टुङ्गोमा पुग्ने बताए । वन, वन्यजन्तु र वनस्पतीलाई पर्यटनसंग जोडेर स्थानीय समुदायको जीवन स्तर उकास्ने गरी राष्ट्रिय वनहरुको उपयोग गर्ने नीति सरकारले लिएको स्पष्ट पारे । वनलाई संरक्षण मात्र गर्ने होइन उनले संरक्षित वनको समुचित प्रयोग गर्नुपर्छ । वन ऐन, नियमावलीले गरेको बन्देश फुकुवा गरी वनको उपयोग र पर्यटन मार्फत जीविकोपार्जन तथा जीवनस्तर उकास्ने सरकारको उद्देश्य रहेको उनको भनाई छ । मध्यवर्ती क्षेत्रमा अनेकन समस्या रहेको भन्दै उनले नियमावली संशोधन गरेर मध्यवर्तीका समस्या हल गर्दै लैजाने बताए ।

मन्त्री ठकुरीले जैविक सम्पदाको संरक्षण र उपयोग गरी रोजगारी र्सिजना गर्ने बताए । युवाहरुलाई स्वदेशमै बसम बसम हुने बनाउने गरी पर्यटन उद्योगमै सम्भावनाको खोजी गर्ने बताए । पर्यटन क्षेत्रले रोजागरीको ठुलो हिस्सा ओगटेको भन्दै उनले पर्यटन विकासको लागि जैविक विविधताको उपयोग गर्ने बताए । भावी सन्ततीको लागि वन सम्पदा जोगाउनु पर्छ उनले भने यसका लागि सबैको सहयोग अपरिहार्य छ । निकुञ्ज, नेपाली सेना र समुदायको त्रिपक्षिय सहकार्यले चितवन निकुञ्जको संरक्षणको काम उदाहरणीय सावित भएको भन्दै उनले वन उपयोगको नीतिले यसलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरे ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।