शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

भौतिक पूर्वाधार विकास सम्बन्धी प्राविधिकहरु अन्तरक्रिया

Share:
183

रत्ननगर, बैशाख १०। दिगो तथा भुकम्प प्रतिरोधात्मक भवन निर्माण एवं आवास तथा भौतिक पूर्वाधार विकास सम्बन्धी प्राविधिकहरु अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कालिका वडा नं ६ स्थित पूर्वी चितवन निर्माण सेवा संघले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी रहेका थिए ।

घर निर्माणका क्रममा आइपर्ने समस्या र तिनको सामधान, भवन निर्माण आचारसंहितको कार्यान्वयन, भवन निर्माण सम्बन्धी सरकारले जारी गरेको ऐन नियमको बारेमा निर्माण व्यवसायीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

वडाध्यक्ष रेग्मीले रेग्मीले भवन निर्माण आचारसंहिता कार्यान्वयनसंगै निर्माण व्यवसायीको समस्याप्रति तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने बताए ।

उनले दिगो तथा भुकम्प प्रतिरोधात्मक भवन निर्माणमा व्यवसायी समेत जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष उत्तम घिमिरेले भवन निर्माणमा निर्माण व्यवसायीको योगदान राज्यले भुल्न नहुने बताए ।

कार्यक्रममा भवन निर्माण आचारसंहिता, नयाँ भवन निर्माण सम्बन्धी कानुन, सुरक्षा तथा सीप विकास तालिम, भवन निर्माण व्यवसायीले काम गरिसकेपछि पैसा नदिने समस्या अन्त्यको लागि स्थानीय सरकारले दुबै पक्षलाई बोलाएर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने लगायतका विषयमा छलफल भएको संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र थिङले जानकारी दिए ।

कार्यक्रममा कालिका नगरपालिकाका इन्जिनियर सुवास गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष दुलालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष थिङले स्वागत मन्तव्य राखेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।