शनि, जेष्ठ २३, २०८३
Search
शनि, जेष्ठ २३, २०८३

आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल

Share:
204

आज २०८१ साल चैत ११ गते सोमबार चैत कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च २४ तारिख। विश्व क्षय रोग दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। श्रमको फल प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मन अशान्त बन्दा व्यवहार बिग्रिने जोखिम छ। मन शान्त बनाएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारसँगको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : मनमा चिन्ता र त्रास बढ्नेछ। राजनीतिक क्षेत्रमा राज्यले निगरानी राख्नेछ। रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोगमा अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा अन्तरघात हुने जोखिम छ।

सिंह : यात्रामा जोखिम हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिवारमा असन्तुष्टि बढ्नेछ। प्रेममा खटपटी हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट असहयोग हुने खतरा छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : जोगिएर काम गर्नुपर्ने दिन छ। घाटा हुने भएकाले व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। शिक्षामा मिहिनेतको खाँचो देखिन्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। तपाईंको प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ।

धनु : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। साथीले तपाईंको प्रशंसा गर्नेछन्। विपक्षीको साथ मिल्नेछ। योजना दीर्घकालसम्म रहने भएकाले निर्णय गर्नु अगाडि सोच्नु राम्रो हुनेछ।

मकर : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ। व्यापारमा फाइदा हुने योग छ।

कुम्भ : महत्त्वपूर्ण काममा अवरोध सिर्जना हुनेछ। व्यापारमा सहकार्य भइरहेका साथीसँग जोगिएर काम गर्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षामा मिहिनेतको खाँचो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

मीन : दिन सामान्य छ। बोलीमा सुधार गरेर अगाडि बढ्नु उचित हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। घर व्यवहार सहज ढंगले अगाडि बढ्नेछ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।