शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण

Share:
181

रत्ननगर, फागुन २३ । चितवनको कालिका नगरपालिकाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम दिईएको छ ।

गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनको आयोजना तथा कालिका नगरपालिका, चितवनको समन्वयमा सचेतना मूलक अभिमुखीकरण गरिएको हो ।

पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनकी अध्यक्ष पार्वती धिमिरे दवाडीले जानकारी दिईन् ।

जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताईन् । समयमा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कालिकाकी नगर उपप्रमुख विमला तामाङले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न पालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताईन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने कार्यक्रम समावेश गर्ने बताईन् ।

प्राकृतिक श्रोतको अबैध उत्खनन रोक्नको लागि कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताईन् । जलवायुमैत्री कानुन र संरचना निर्माण गर्ने नगरपालिकाको प्राथमिकता रहेको उनले बताए ।

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरण लगायत विषयमा गैसस महासंघ नेपालका श्रोत व्यक्ति दिपक रेग्मीले प्रशिक्षण दिएका थिए ।

गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनकी अध्यक्ष धिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रतिनिधि, कालिका वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगर लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कालिका १ देखि ११ वटै वडाका वडा अध्यक्ष, सदस्य र नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनका सचिव राम चन्द्र आचार्यले गरेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।