शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

सिद्धिबिनायक सेकेन्डरी स्कुलमा स्काउटको दिक्षान्त समारोह

Share:
107

रत्ननगर, फागुन १६ । चितवनको कालिका-६ मा रहेको सिद्धिबिनायक सेकेन्डरी स्कुलमा महाशिवरात्री स्काउट क्याम्प तथा दिक्षान्त समारोह कार्यक्रम भएको छ ।

विद्यालयका डाईरेक्टर तथा स्काउटका शिक्षक लिला बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि रेग्मीले स्काउटका विद्यार्थीहरुलाई दिक्षान्त गराएका थिए । कार्यक्रममा उनले कालिकाका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरुमा स्काउट
शिक्षा आवश्यक रहेकोले सोका लागि बजेट विनियोजन गरी कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै विद्यालयका प्राचार्य बिष्णुमणी लामिछानेले स्काउटले आगामी दिनमा गुणात्मक रुपमा कार्य अगाडी बढाउँदै कालिकालाई स्काउटमय बनाउने विश्वास व्यक्त गरे ।

स्काउटको दिक्षान्त समारोह कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्यङदान, बिद्यालय व्वस्थापन समितिका अध्यक्ष राम वहादुर लामिछाने, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सहप्राचार्य साजन थापा मगर लगाएतको सहभागिता रहेको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।