शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

रत्ननगर- १ मा खानेपानीको महसुल निःशुल्क गर्ने घोषणा

Share:
102

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१ ले आफ्नो वडावासीलाई खानेपानीको आधारभूत महसुल निःशुल्क गर्ने घोषणा गरेको छ ।

रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले वडावासीलाई स्थानीय सरकारको महसुस हुनेगरी आगामी चैत १ गतेदेखि रत्ननगर खानेपानी उपभोग गरेबापत सम्पूर्ण वडावासीलाई आधारभूत महसुल निःशुल्क गर्ने घोषणा गरेका हुन् ।

वडा कार्यालयमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष सापकोटाले वडाभित्र खानेपानीको उपभोग गरिरहेका एक हजार ३४ परिवारका लागि न्यूनतम शुल्क ८० रुपैयाँका दरले मासिक ८२ हजार ७२० रुपैयाँ निःशुल्क गर्ने घोषणा गरे । कुल एक हजार ३४ परिवारका लागि वार्षिक नौ लाख ९२ हजार ६४० रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।

वडाध्यक्ष सापकोटाले चालु आर्थिक वर्षमा पूर्वनिर्धारितरुपमा बजेट स्रोतको व्यवस्थापन नभए पनि अन्य स्रोतबाट आन्तरिक व्यवस्थापन गरी वडावासीलाई खानेपानीको आधारभूत महसुल निःशुल्क गर्ने भएका हुन् । आगामी आर्थिक वर्ष २०८२÷०८३ देखि बजेट शीर्षकमै उल्लेख गरी निरन्तररुपमा कार्यक्रम अगाडि बढाउने उनले बताए ।

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले प्रत्येक नागरिकमा स्थानीय सरकार भएको महसुस गर्दै हरेक दुःखसुखमा संरक्षकको भूमिकामा वडा कार्यालय रहेको अनुभूति गराउन सो कार्यक्रम लागू गर्न लागेको उनले बताए । प्रकृतिले निःशुल्क रुपमा दिएको पानीलाई आमनागरिकले निःशुल्करुपमा उपभोग गर्न पाउनुपर्छ भन्ने सोचले रत्ननगर खानेपानी उपभोक्ता संस्थासँग समन्वय गरी खानेपानीको आधारभूत महसुल निःशुल्क गर्ने निर्णय गरिएको उनले बताए ।

चैैत १ गतेदेखि खानेपानीको आधारभूत महसुलको दायित्व वडा कार्यालयले र रत्ननगर खानेपानी उपभोक्ता संस्थालाई भुक्तानी गर्ने छ । खानेपानीको आधारभूतबाहेकको महसुल भने उपभोक्ताले तिर्नुपर्ने हुन्छ । वडाको यो घोषणाबाट खानेपानीको खपत कम गर्ने एउटा सानो परिवारका लागि आधारभूत महसुल निःशुल्क हुँदा राहत हुने देखिएको छ ।

यस्तै, आगामी आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि विद्युत्को महसुलमा पनि न्यूनतम शुल्क निःशुल्क गर्ने वडाको योजना रहेको वडाध्यक्ष सापकोटाले बताए । विद्युत्को महसुलमा पनि वडावासीलाई ८० रुपैयाँ निःशुल्क गर्ने योजना रहेको उनले जानकारी दिए । कार्यक्रमको सहजीकरण वडा सचिव महेश सुवेदीले गरेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।