सोम, जेष्ठ १८, २०८३
Search
सोम, जेष्ठ १८, २०८३

इंग्ल्यान्डविरूद्ध अस्ट्रेलियाको रोमाञ्चक जित

Share:
118

फागुन ११ । अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध शनिबारको खेलमा रोमाञ्चक जित दर्ता गरेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा भएको च्याम्पियन्स ट्रफीमा ३५२ रनको लक्ष्य ४७.३ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको हो।

३५२ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ बल बाँकी रहँदा ३५६ रन जोडेको हो । यो खेल ऐतिहासिकसमेत बनेको छ। आईसीसीका खेलमा अस्ट्रेलियाले पार गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो।

३५२ रनको लक्ष्य पूरा गर्ने क्रममा अस्ट्रेलियाका जोश इंग्लिसले सर्वाधिक १२० रन बनाए। मात्र ८६ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गर्दै १२० रनको विजयी पारी नट आउट खेलेका हुन्।

अन्तिममा आएका ग्लेन म्याक्सवेलले १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा नट आउट ३२ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए।

उसका लागि एलेक्स क्यारीले ६३ बलमा ८ चौका प्रहार गर्दै ६९ रन बनाए भने ओपनर म्याथ्यु सटले ६६ बलमा ९ चौका र १ छक्का प्रहार गरी ६३ रनको योगदान दिए। मार्नस लाबुसेनले ४५ बलमा ५ चौका हानेर ४७ रन जोड्दा आक्रामक ओपनर ट्रेभिस हेड भने ६ रनमै आउट भएका थिए। अस्ट्रेलियाका कप्तान स्टेभेन स्मिथ भने ५ रनमा समेटिएका थिए।

बलिङतर्फ इंग्ल्याण्डका जोफ्रा आर्चर, मार्क वुड, ब्राइडन कार्स, आदिल रसिद र लियाम लिभिङस्टोनले एकएक विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३५१ रनको योगफल खडा गरेको थियो। इंग्ल्यान्डका बेन डकेटले १४३ बलमा १६५ रन जोडे। उनले १७ चौका र ३ छक्का प्रहार गरे। जोय रुटले अर्धशतकीय इनिङ खेल्दै ६८ रन जोडे भने कप्तान जोश बट्लर २३, जोफ्रा आर्चर २१, जेमी स्मिथले १५ र लियम लिभिङस्टोनले १४ रन जोडेका थिए।

इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका बेन द्वारश्वीसले तीन विकेट हात पार्दा एडम जम्पा र मार्नस लाबुसेनले २–२ तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे।

समूह ‘बी’मा अस्ट्रेलिया, इंग्ल्यान्डसँगै दक्षिण अफ्रिका र अफगानिस्तान छन्। अस्ट्रेलिया र दक्षिण अफ्रिकाले दुईदुई अंक बनाउँदा अफगानिस्तान र इंग्ल्यान्ड अंकबिहीन छन्। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।