बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाबाट नौ हजारले सेवा लिए

Share:
187

मकवानपुर, फागुन ८ । हेटौँडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नौ हजार ४८ जनालाई सेवा दिइएको चिकित्सालयकी प्रमुख ललिता पाण्डेले जानकारी दिनुभयो । सेवा लिनेमध्ये चार हजार २७३ जना पुरुष रहेका छन्भने चार हजार ७७५ जना महिला रहेका छन् ।

चिकित्सालयमा गत आर्थिक वर्ष २०८०/८१ मा १७ हजार ६८० जनाले सेवा लिएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार औषधालयमार्फत २३ थरीका औषधि निःशुल्क वितरण गर्नाका साथै सशुल्क फार्मेसी, पूर्वकर्म, पञ्चकर्म, योग परामर्श, पत्थ्य आहार सेवा प्रदान भइरहेको छ ।

यस्तै, प्रयोगशाला सेवा, निःशुल्क फिजियोथेरापी, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, अकुपञ्चर सेवा र शल्य सेवा उपलब्ध रहेको चिकित्सालयका सूचना अधिकारी विनोदकुमार शाहले जानकारी दिनुभयो । औषधालयले केही समयमा नै हेटौँडा–२ स्थित नयाँ भवनबाट सेवा प्रदान गर्ने र थप सेवा विस्तार गरिने शाहले बताउनुभयो ।

पछिल्लो समय आयुर्वेदिक सेवाप्रति आममानिसमा विश्वास बढ्दै गएको छ । रासस

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।