शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

इजरायली हवाई आक्रमणबाट गाजामा तीन प्रहरी अधिकारीको मृत्यु

Share:
134

जेरुसेलम, फागुन ४ । गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ताले दक्षिणी गाजामा ड्रोनद्वारा गरिएको आक्रमणले सशस्त्र व्यक्तिहरूलाई निशाना बनाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्यालेस्टाइनको आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले रफाहको पूर्वमा अल–शौका क्षेत्रमा मानवीय सहायता पुर्‍याउने क्रममा अधिकारीहरूमाथि आक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । साथै, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूलाई इजरायललाई पुलिस बलहरूमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेको छ ।

जनवरी १९ मा लागू भएको हमाससँगको युद्धविरामको बाबजुद इजरायलले गाजामा धेरै हवाई आक्रमण गरिरहेको छ । एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।