साैराहा । चितवनकाे पर्यटकीय नगरी साैराहामा आयाेजना गरिएकाे १९औं साैराहा फूड फेष्टिबल शनिबार राती सकिएकाे छ ।
प्रणय दिवसकाे अबसर पारेर रेष्टुरेन्ट एण्ड बार एशाेसियसन रेवान साैराहाले फेष्टिबल आयाेजना गरिएकाे हाे ।
साैराहा सहित चितवनमा पर्यटक भित्र्याउन आयाेजना गरिएकाे फेष्टिबल अबधिभर अपेक्षाकृत स्वादेशी तथा विदेशी पर्यटक साैराहा आएकाे रेवान साैराहाका अध्यक्ष ध्रुव गिरीले बताए ।
अब साैराहा पुरानै अबस्थामा फर्किएकाे छ उनले भने फेष्टिबलमा आएका पर्यटककाे संख्याले व्यवसायीहरुलाई उत्साहित बनाएकाे छ । फेष्टिबल चलिरहदा क्षेत्र र फेष्टिबल प्राङ्गणमा करिब ३ कराेडकाे काराेबार भएकाे अनुमान गरिएकाे छ ।
खेलकुदकाे माध्यमबाट पर्यटक प्रबर्द्धन गर्न आयाेजना गरिएकाे प्रथम रेवान कप महिला फुटवल प्रतियोगिताको उपाधि अभिशेक चर्च रजहरले जितेको छ ।
रत्नप्रिय कल्वलाई १-० गोल अन्तरले पराजित गर्दै अभिशेक चर्जले उपाधि जितेको हो ।
त्यसैगरी व्याडमिन्टन प्रतियाेगिता, वेटर रेस, महिलाहरुकाे बीचमा म्यूजिकल चियर र वालबालिका बीचमा गरिएकाे बेलुन फुटाई प्रतियाेगितामा विजयीहरुलाई पुरस्कार वितरण गरिएकाे फेष्टिबलका संयाेजक शम्भूप्रसाद मालीले जानकारी दिए । फेष्टिबलमा ३० वटा खानाका स्टलहरु रहेका थिए ।
अन्यदिन प्रवेश निशुल्क गरिएकाे भएपनि फागुन ३ र ४ गते शुल्क लिइएकाे थियाे ।
टिकट विक्रीबाट भएकाे आम्दानीबाट विपन्नकाे शिक्षा र स्वास्थ्य तथा साैराहाकाे साैन्दर्यकरणमा लगानी गर्ने रेवानका महासचिव नवीन नेपालले बताए ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेष्टिबलकाे सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेकाे सहसंयाेजक कृष्ण भट्टले जानकारी दिए ।








