शनि, बैशाख १९, २०८३
Search
शनि, बैशाख १९, २०८३

तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन

Share:
126

तनहुँ, फागुन ३ । भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ ।

आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिनुभयो । त्यस्तै छ हजार सात सय ७३ कित्तामा नाप नक्सा भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार छ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ ।

त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको सदस्य सचिव सिंहले बताउनुभयो । आयोगले विगतमा गरेका कामलाई नै वर्तमान आयोगले निरन्तरता दिने सिंहको भनाइ छ । उहाँले भन्नुभयो, “विगतको आयोगले जहाँसम्म काम सम्पन्न गरेको छ, अहिले गठन भएको आयोगले त्यहीँबाट काम सुरु गर्नेछ ।”

व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीन सय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चार सय तीन, देवघाट गाउँपालिकामा दुई हजार तीन सय ४४, भीमाद नगरपालिकामा एक हजार आठ सय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चार सय ३९, घिरिङ गाउँपालिकामा एक हजार पाँच सय २०, म्याग्दे गाउँपालिकामा एक हजार दुई सय ६७, आँबुखैरेनी गाउँपालिकामा आठ सय ९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत सङ्कलन भएको छ ।

सदस्य सचिव सिंहका अनुसार व्यासमा चार सय नौ भूमिहीन दलित, चार सय ८३ भूमिहीन सुकुम्बासी, छ हजार एक सय ५१ अव्यवस्थित बसोबासी, भानुमा चार सय पाँच भूमिहीन सुकुम्बासी, दुई हजार नौ सय १२ अव्यवस्थित बसोबासी, शुक्लागण्डकीकमा दुई सय ८७ भूमिहीन दलित, दुई सय ८७ भूमिहीन सुकुम्बासी, तीन हजार आठ सय २९ अव्यवस्थित बसोबासी, देवघाटमा एक सय २३ भूमिहीन दलित, ७८ भूमिहीन सुकुम्बासी र दुई हजार एक सय ४३ अव्यवस्थित बसोबासीको लगत सङ्कलन भएको छ ।

त्यस्तै भीमादमा १९ भूमिहीन दलित, १५ भूमिहीन सुकुम्बासी, एक हजार आठ सय २७ अव्यवस्थित बसोबासी, ऋषिङमा २२ भूमिहीन दलित, एक सय २७ भूमिहीन सुकुम्बासी, एक हजार दुई सय ९० अव्यवस्थित बसोबासी, घिरिङमा ६३ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्बासी, एक हजार चार सय दुई अव्यवस्थित बसोबासी, म्याग्देमा ७८ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्बासी, एक हजार एक सय २४ अव्यवस्थित बसोबासी, आँबुखैरेनीमा १८ भूमिहीन दलित, ९० भूमिहीन सुकुम्बासी, सात सय ८५ अव्यवस्थित बसोबासी र बन्दीपुरमा ८९ भूमिहीन दलित, दुई सय ६७ भूमिहीन सुकुम्बासी र एक हजार छ सय ७४ अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको छ ।

आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा दुई हजार आठ सय ४१, देवघाटमा दुई हजार तीन सय ६२, आँबुखैरेनीमा एक हजार पाँच सय २९ कित्ताको नाप नक्सा भइसकेको छ । त्यस्तै शुक्लागण्डकीको वडा नम्बर २, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ । यस्तै आँबुखैरेनीको पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ ।

आयोगका नवनियुक्त अध्यक्ष गोविन्द सिलवालले जुनसुकै पार्टीबाट आयोगमा प्रतिनिधित्व भए पनि आफूहरुको मुख्य काम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले राजनीतिक पूर्वाग्रह नराखी काम गर्नेछ, भूमिहीनको समस्या समाधानका लागि एकढिक्का भएर काम गर्नेछौँ ।” रासस

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।